TodayPati

काठमाडौं महानगरको महाजाम ! (विचार)

राजिव झा (धनुषा, नेपाल)

काठमान्डौं उपत्यकाको तीनवटा जिल्ला काठमान्डौं, ललितपुर, भक्तपुर भरी जहाँ पनि ट्राफिक जाम ! बोलीचालीमा चाहीँ काठमाडौंमै भइरहन्छ भन्ने गरिन्छ । हो पनि देशको संघीय राजधानी काठमाडौं । काठमान्डौं को बसाई लगातार १५ दिनको भयो। त्यसपछि देशको अधिकांश शहरको मेनरोडमा पनि दुई-चार मिनेट त मेडिटेशन गर्न सकिन्छ भन्ने अनुभूति हुन्छ। त्यस्तो फरक छ काठमान्डौंको र अन्य शहरको गाडीको चापमा र मानवरुपी सागरमा।

सडकको छेउमा उभें। फोहरको मगमग बासना आयो। आहा चिपरिचित बासना ! बासनासँगको वर्षौ पुरानो सम्बन्ध ताजा भयो। फोहरको कुरा अरु कुनैदिन गर्छु। एउटा राम्रो लेखकले लेख्यो भने फोहरमाथि त उपन्यास नै लेखन सक्छन्। आज कुरा महानगरको महाजाम र त्यसमाथि पर्न जाने यात्रुलाई यातनाको गर्छु।

Sponsored

वर्षौं पुरानो काठमान्डौं र अहिलेमा धेरै नै फरक छ । संधीय राजधानी भएर आउने जाने त भइनै रहन्छ। जाने गन्तवयहरु त उही हो। सडक चाही विस्तार भएको छ। चढ्ने त सार्वजनिक यतायात नै हो। सवनरीको नामहरु धेरै थपिएको छ। नयाँ कम्पनिको गाडीहरु त देखें सडकमा । तर देखिएन नयाँ मान्छेले कुन गाडी चढ्दा कँहा पुगिन्छ भन्ने बस बिसौनीमा राखिएको संकेत चिन्हहरु। बस बिसौनीबाट याद आयो। बस बिसौनी त यात्रु ओरालनलाई मात्र हो, यात्रु चढाउन लाई त पुरै काठमान्डौं बस बिसौनी छ।

गाडी आयो । प्याक छ। मान्छे उभेको छ । तैपनि मान्छे चढाएको छ। हो तपाई भन्न सक्नु हुन्छ, भिडमा नचढनुस तर गर्ने के सबै गाडी उस्तै प्याक आउँछ। समयमा ठाँउमा पुग्नै पर्यो। भन्छन् हरेक खराब परस्थितीमा पनि एउटा न एउटा राम्रो चिज हेर्न सक्नु पर्छ। त्यही मैले बसको कन्डक्टरमा देखें। बिभिन्न किसिमको मुद्दा लिएर बिभिन्न राजनीति दल, समुदाय, समाज बिभाजित भएको बेला जती मान्छे गाडीमा आएपनि सिट खाली छ, सबैजना मिलेर बस्नुस् भन्छन्।

अर्को कुरा तपाई या त गाडी जहाँबाट शुरु हुन्छ त्याहा सिट पाउनु हुन्छ। या लास्ट लास्ट बिसौनि तिर। अर्को रोचक कुरा पनि छ । तपाई उभिएर, झुन्डिएर वा बसेर जानुस् भडादरमा फरक छैन। मज्जाले संबिधानको धारा १८ को समानताको हक प्रयोग गरिन्छ।

Sponsored

मान्छे कोचाकोच छ। आफ्नो समानको सुरक्षा आफैं गर्नु भनेर लेखेको छ। कुनै- कुनैले त ‘पाकेटमारदेखि सावघान! नि लेखेको रहेछ। जुत्ता माथि जुता छ। कर्मचारी, विधार्थी, आम पब्लिक ब्याग बोक्ने त चलनै चलेको छ। बिचरा ठूला भुडी भएका मान्छे ओर्लिनलाई त हलेसी महादेव को गुफामा भएको चरवटा साँघुरो द्वार नै पार गरेर ओर्लिन्छन्। लौ गाडी ट्राफिकमा पर्यो। गर्मी त उफ्फ। बसभरी पसिनाको गन्ध। कसैले हात यताबाट उता सार्दा कसैको टाउको मा लाग्ने।

बिचरा बाईक चलाउनेहरु सानो दुलो देखिने बितिकै बाईक छिराई हाल्नु पर्ने बाध्यता, धुलो, घाम, पानी , असिनाको कारणले त बेहाल हुनु त छदैँछ। कार नै कारले भरिएको सडक भित्र १ जना, कुनै कुनैमा २ जना लाईन चाहीँ लामो, रातो साईरन बजाउँदै एम्बुलेन्स, भित्र छटपटिहरेका बिरामी, महानगरलाई स्राप्दै रुइरहेको आफन्त, ए.सी. चलाएर गाडीमा मज्जाले गित सुनेर बसेको मानव, रोगमय धुलोमा ट्राफिक व्यबस्थापन गर्दैगरेको प्रहरी, पानि बोकेर फसेको बारुण यन्त्र, सर्वसाधारणलाई रोकाएर मन्त्रीको गाडी निकाल्दै गरेको राजनीतितन्त्र ! धत् कत्रो महाजाम ! काठमाडौंमा जहाँ जाम् !

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *