मधेश प्रदेश : समोसामा किरा भेटेपछि जिल्ला प्रशासनको छापा
टुडेपाटी–
सिरहा, साउन १४ गते ।
सिरहामा समोसामा किरा फेला परेपछि जिल्ला प्रशासन कार्यालयले छापा मारेको छ ।
सिराहाको माँ भगवती वेकरी एन्ड स्विट्स हाउसको समोसामा किरा भेटिएको सूचना पाएपछि जिप्रकाको अनुगमन टोलीले छापा मारेको हो ।
सेवा ग्राहीको नास्तामा किरा फेला परेको सूचना प्राप्त भएपछि प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीको निर्देशनमा प्रशासकीय अधिकृत नेतृत्वको अनुगमन टोलीले माँ भगवती बेकरी एण्ड स्वीट्स हाउसमा छापा मारेको हो ।
टोलीले माँ भगवती बेकरी एण्ड स्वीट्सको किचेन र होटेलमा खानेकुरा राखिने स्थानको अनुगमन गरेको छ । टोलीले गल्ति सुधार गर्न र सरसफाईमा पूर्ण ध्यान दिन होटलका सञ्चालक गणेश साहलाई चेतावनी दिईएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले बताए ।
अनुगमनको क्रममा उक्त होटलमा अत्याधिक खाने सामग्रीहरु बासी पाइएको प्रशासकीय अधिकृत श्याम राउतले जानकारी दिए ।
Sponsored
बुधबार दिउँसो चाट नास्ता खादा समोसा भित्र मरेको अवस्थामा किरा फेला परेको थियो ।