TodayPati

सप्तरीमा बाढीमा बगेर वेपत्ता भएका युवककाे शव नौ दिनपछि भारतमा फेला

शुभ नारायण यादव-
सप्तरी , कार्तिक ११ गते ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा न.–१४ बैरियाघाटस्थित बाढीले कटान गरेको सडक तर्ने क्रममा वेपत्ता भएका युवकको शव फेला परेको छ ।

वर्षासँगै जिता खोलामा आएको बाढीले दशजग्गा क्षेत्रमा रहेको सो सडक कटान भएको थियो । गत बुधवार (कार्तिक ३ गते) बाढी तर्ने क्रममा सोही नगरपालिका–९ का २३ वर्षीय लालु भन्ने जितेन्द्र मण्डल बेपत्ता भएका थिए ।

Sponsored

बिगत नौ दिनपछि आज बिहान उनको शव भारतको कुनौलीमा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।

‘युवक वेपत्ता भएसँगै हामीले खोजी कार्य जारी राखेका थियौ भने युवक बगेर भारततर्फ पुगेको हुनसक्ने आशंकाले भारततर्फका सुरक्षाकर्मीलाई पनि खोजीका लागि आग्रह गरेका थियौ’ उनले भने–‘सोही क्रममा उनको शव फेला परेको हो ।’

यता शव नेपाल ल्याउन समन्वय भइरहेको प्रहरी नायव उपरीक्षक काफ्लेले जानकारी दिए ।

Sponsored

शुभनारायण यादव

उहाँ सप्तरीका जिल्ला संवाददाता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *