बागमती प्रदेशको नवनियुक्त मुख्यमन्त्री पाण्डे सहित तीन मन्त्रीले लिए सपथ
टुडेपाटी-
काठमाडौँ, कार्तिक ११ गते ।
बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले शपथ लिएका छन् ।
बिहिवार पाण्डेले बागमती प्रदेशसभाको कार्यालय हेटौँडामा आयोजित कार्यक्रममा मुख्यमन्त्री पदको शपथ लिएका हुन् ।
बुधबार मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ मुख्यमन्त्रीका लागि दाबी मागेका थिए ।
प्रदेश प्रमुखले दाबी मागेपछि नेता पाण्डेले सोही दिन दाबी पेस गरेका थिए ।
नवनियुक्त पाण्डेले बिहीबार नै सानो मन्त्रिपरिषद् समेत गठन गरेका छन् ।
पाण्डेले बिहिबार नै मन्त्रिपरिषद बिस्तार गरेका छन् ।
माओवादी केन्द्रका तर्फबाट कुमारी मोक्तान, नेपाली कांग्रेसका कृष्णलाल भँडेल र एकीकृत समाजवादीका कृष्ण खनाल मन्त्री बनेेका छन्।