TodayPati

प्रदेश २ : १८ वर्ष अघिको रिसइवी साँध्न रकम लिएर हत्या, तीनजना पक्राउ

टुडेपाटी-
जनकपुरधाम, असोज १२ गते ।

प्रहरीले रौतहटबाट हत्या आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चपुरका प्रहलाद फुयाल, पर्साको पर्सा गढी नगरपालिका ३ का रमेश पहरी र नवलपरासीको कावासोती नगरपालिका ८ का २३ वर्षीय सूर्यबहादुर भण्डारी रहेका छन् ।

Sponsored

सोमबार चन्द्रपुर नगरपालिका ३ गैडाटारका ५० वर्षीय रोहिनीप्रसाद घोरसैनीको हत्या आरोपमा उनीहरुलाई पक्राउ गरेको रौतहटका प्रहरी उपरीक्षक बिनोद घिमिरेले जानकारी दिए ।

प्रहरीको अनुसन्धानमा हत्याको मुख्य योजनाकार देखिएको चन्द्रपुर नगरपालिका ४ कप्तान टोल बस्ने सहदेव भन्ने डोलप्रसाद बोल्खेका भने पक्राउ परेका छैनन् ।

पक्राउ परेकाहरुलाई जिल्ला अदालत गौरबाट १० दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sponsored

गत भदौ २६ गते रोहिनीको हत्या भएको थियो । एसपी घिमिरेका अनुसार करिब १८ वर्ष अघिको रिसइवी साँध्न फुयालको सहकार्यमा तीन लाख रकम लिएर हत्या गरेको आरोप लागेको छ ।

डिल भएवापतको रकममध्ये ४० हजार नगद र पटकपटक गरी १ लाख ३५ हजार आईएमईबाट दिएपछि चारै जनाले मिलेर हत्या गरेको उनको भनाइ छ ।

चन्द्रपुर नगरपालिका ४ कप्तान टोल बस्ने सहदेव भन्ने डोलप्रसाद बोल्खेको घरमा बोक्सी लगाउँदा घरका सदस्यहरू बिरामी परेपछि धामी घोरासैनीलाई मार्ने जालो बनाएको आरोपितहरूले प्रहरीसमक्ष बयान दिएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *