TodayPati

सप्तरीको राजविराज नगरपालिकाका बालविकास शिक्षकहरु आन्दोलित, दोश्रो दिन पनि धर्नामा

शुभ नारायण यादव-
सप्तरी, असोज १२ गते ।

सप्तरीको राजविराज नगरपालिकामा बालबिकास शिक्षकहरु धर्नामा बसेका छन् ।

सरकारले घोषणा गरे अनुसारको तलव नदिएको भन्दै उनीहरु आज दोस्रो दिन पनि नगरपालिकाको कार्यालय अगाडि ३ घण्टा धर्ना बसेका हुन् ।

Sponsored

सप्तरीको राजविराज नगरपालिका अन्तर्गतका ४२ वटै विद्यालयमा कार्यरत रहेका बालविकासका शिक्षिकहरु, कार्यालय सहयोगीसँगै प्राविधिक ग्रेडबाट छुट भएका कार्यरत तथा अवकाश प्राप्त शिक्षकहरू धर्नामा सहभागी रहेका छन् ।

सरकारले बजेट भाषणमा बालविकासका शिक्षकहरुका लागि १५ हजार मासिक तलब दिन सार्वजनिक गरे पनि हामीलाई सोही अनुरुप तलव नदिंदा धर्नामा बसेको नेपाल शिक्षक संघ राजविराजको अध्यक्ष विभा झाले बताइन् ।

उनले ८ हजार केन्द्र सरकारले र ७ हजार स्थानीय सरकारलाई दिनुपर्ने व्यवस्था रहेको जनाकारी दिइन् ।

Sponsored

स्थानीय सरकारले तोके अनुसारका मासिक तलब उपलब्ध नगराएसम्म असोज ११, १२ र १३ गते १० बजेदेखि १ बजेसम्म धर्ना कार्यक्रमलाई निरन्तरता दिने उनले बताइन् ।

स्थानीय तहले ७ हजार रुपैयाँ दिन आनाकानी गर्दै आएकोले हामीहरु धर्नामा बसेको आन्दोलन संघर्ष समितिको भनाइ छ ।

सरकारले तोकेको बमोजिम मासिक तलब नदिए तथा नगरपालिकाबाट कुनै प्रतिक्रिया नआएसम्म अर्को चरणवद्व आन्दोलनमा उत्रिने जनाएको छ ।

यता शिक्षकहरुले उठाएका माँग सम्बन्धमा नगरपालिकाको तर्फबाट पहल भईरहेको राजविराज नगरपालिकाको शिक्षा शाखा प्रमुख भोगेन्द्र प्रसाद यादवले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *