TodayPati

सर्लाहीको मलंगवासहित ८ वटा सीमानाका खोल्ने निर्णय

टुडेपाटी-
सर्लाही, असोज १२ गते ।

स्थानीय प्रशासनले सर्लाहीका आठवटा नेपाल–भारत सीमानाका खोल्ने निर्णय गरेको छ ।

जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले संघीय सरकारले गरेको निर्णयानुसार जिल्लाका आठवटा नाकाबाट आवतजावत गर्न दिने निर्णय गरेको हो ।

Sponsored

सोमबार बसेको डिसीसीएमसीको बैठकले सदरमुकाम मलंगवास्थित गोरखकाली नाका, पर्सा गाउँपालिकास्थित संग्रामपुर र पर्सा नाका, ब्रह्मपुरी गाउँपालिकास्थित त्रिभुवननगर नाका, मलंगवा नगरपालिकास्थित भाँडसर नाका, विष्णु गाउँपालिकास्थित बाराउद्योरण र फेन्हरा नाकाखुलाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए ।

नेपालको तर्फबाट नाका खुलाउने निर्णय भएको र यसका लागि भारतीयतर्फ पनि समन्वय गर्न आफूले पहल गरेको प्रजिअ महताले बताए ।

‘नेपालको तर्फबाट मात्रै नाका खोलेर हुँदैन, भारततर्फबाट पनि खुला गरेपछि मात्रै सहज आवतजावत हुनसक्छ,’ प्रजिअ महतोले भने, ‘यसबारे मैलेसीतामढी जिल्लाका जिल्ला अधिकारीसँग सम्पर्क गर्ने प्रयास भइरहेको छ ।’

Sponsored

प्रत्येक नाकामा स्थानीय तहले हेल्थ डेक्स स्थापना गर्ने र स्वास्थ्य कार्यालयमार्फत एन्टिजेन परीक्षण गर्ने निर्णय भएको महतोले बताए ।

डिसिसिएमसीले बैठकले नेपाल–भारत सीमानाका खुलाउने निर्णय गरे पनि अहिलेसम्म नाका खुलेको छैन । कोरोना संक्रमणका कारण २०७६ चैतदेखि नै नेपाल–भारत सीमानाका बन्द गरिएको छ ।

मुख्य नाकाहरुमा ढाट तेर्साइएकाले सीमा क्षेत्रका वासिन्दा खोलाखोल्सी तथा खेतबारीको बाटोबाट नेपाल–भारत आवतजावत गरिरहेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *