TodayPati

भारतमा गुडिरहेको बस, ट्रक र दुईवटा कारमाथि पहिरो खस्यो, १० जनको मृत्यु, ६० जना पुरियो

एजेन्सी-
जनकपुरधाम, साउन २७ गते ।

भारतको हिमाचल प्रदेशमा गुडिरहेका बस, ट्रक र दुईवटा कारमा माथिबाट चट्टानी पहिरो खस्दा १० जनाको मृत्यु भएको छ।

अझै ६० जना पहिरोमा पुरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Sponsored

बुधबार दिउँसो हिमाचर प्रदेशको सिमला–किन्नौर राष्ट्रिय राजमार्ग–५ को ज्युरी रोडको निगोसारी र चौराबीच गुडिरहेका ती गाडीमा अचानक पहिरो खसेको हो।

पहिरोमा फँसेकाहरुको उद्धार कार्य जारी रहेको छ ।

१० जनाको उद्धार गरिएको अधिकारीहरुले बताएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *