TodayPati

अब २० युनिटसम्म बिजुली निःशुल्क

टुडेपाटी-
जनकपुरधाम, साउन २७ गते ।

अब विपन्न वर्गको ग्राहकहरुले मासिक २० युनिटसम्म निःशुल्क विद्युत पाउने भएका छन् ।

सरकारले २० युनिटसम्म विद्युत विपन्न वर्गको ग्राहकहरुलाई निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो ।

Sponsored

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बुधबार पत्रकार सम्मेलन गर्दै नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले यो निर्णय गरिसकेको जानकारी दिएकी छन् ।

यसअनुसार महिनामा २० युनिट मात्रै खपत गर्ने ग्राहकले ३० रुपैयाँको डिमान्ड शुल्क मात्रै तिर्दा हुनेछ । मन्त्री भुसालले विपन्न स्तरका जनतालाई राहत दिने गरी यस्तो निर्णय भएको बताइन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *