TodayPati

सप्तरीमा आर्मीको भ्यान र पिकअप ठोक्किँदा एकजनाको मृत्यु, दुई घाइते

शुभ नारायण यादव-
सप्तरी, साउन २७ गते ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका १ भारदह स्थित नेपाली सेनाको भ्यान र पिकअप एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् ।

मृत्यु हुनेमा झापाको दमक नगरपालिकाका ४२ वर्षीय मेघराज शर्मा रहेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो ।

Sponsored

सवारी दुर्घटनामा १८ नम्बर बाहिन िगाईघाट उदयपुरको प्रदेश नं. ३–०१–००१ ग ३७२५ नम्बरको आर्मीको वन्टेन गाडी र विपरित दिशाबाट जादै गरेको मे १ च ६९२५ नम्बरकोको पिक अप एक–आपसमा ठोक्किँएको हो । ।

शर्माको घटनास्थलमै मृत्यु भएको छ भने दुवै गाडीमा सवार अन्य २ जना घाइते भएका छन् ।

दुबैजनालाई उपचारको लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

Sponsored

यता सवारी दुर्घटनामा नेपाली सेनाको गाडी र चालक नियन्त्रणमा रहेको सप्तरी प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *