TodayPati

मटिहानीका आगलागी पीडित परिवारका १०३ विद्यार्थीलाई श्रम मन्त्रालयको शैक्षिक सामग्री

टुडेपाटी-
जनकपुरधाम, वैशाख २० गते ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा महोत्तरीको मटिहानीका आगलागीपीडित परिवारका १०३ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
मधेश प्रदेशकाे श्रम तथा यातायात मन्त्रालयले बुधबार ब्याग, कपी कलम, सेनिटरी प्याड वितरण गरेको हो ।
श्रम मन्त्री बेची लुंगेली, मन्त्रालयका उपसचिव रञ्जित यादवले उक्त सामग्री बुधबार वितरण गरेका हुन् ।

विभिन्न राजनैतिक दल सम्बद्ध मजदुरहरुकाे ट्रेड युनियनका नेतृत्व लगायत अन्य सराेकवाला निकायका प्रतिनिधिहरुकाे सहभागितामा गाेष्ठी वा कार्याशाला गर्ने छाेटाे तयारी भएपनि मन्त्री बेचीकाे निर्णय अनुसार मटिहानीका आगलागीपीडित परिवारका बालबालिकालाई सामग्री वितरण गरिएकाे हाे ।

Sponsored

कार्यक्रममा मटियानी नगरपालिकाका मेयर हरि मण्डद, मन्त्रालयका प्रवक्ता रनजित यादव सहित कर्मचारीहरु, स्थानीय राजनैतिक प्रतिनिधिहरु विजय चाैधरी, रिता भट्टराई लगायतकाे उपस्थिती रहेकाे थियाे ।

गाेष्ठी, कार्यशाला, र्याली वा अन्य कार्यक्रम भन्दा खुला आकाशमुनी बसिरहेका पीडित परिवारका बालबालिकाका लागि सहयाेग गरिएकाे मन्त्री लुंगेलीले बताईन् । राहत भन्दै खाद्यान्न सामग्री लगायतकाे मात्र थुप्राे लाग्न सक्ने भएकाले आफूले बालबालिकाकाे शिक्षण सामग्री समेत नष्ट भएकाे खबर पाएकाले त्यस्ताे सामग्री प्रदान गरिएकाे मन्त्री लुंगेलीकाे भनाई छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *