TodayPati

जनकपुरको एक अस्पतालमा २५ दिनदेखि बन्धक जस्तै बनेका रामविनय घर फर्के

टुडेपाटी-
जनकपुरधाम, वैशाख १९ गते । 

जनकपुरधामको कृष्ण मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर अस्पतालबाट डिस्चार्ज भएको २५ दिनपछि रामविनय महरा घर फर्केका छन् ।
उपचार खर्च तिर्न नसक्दन अस्पतालको आइसियु कक्षा बन्धक जस्तै बनेका रामविनय
मानवअधिकारवादी संघसंस्था र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा थप ५० हजार रकम बुझाएर मंगलबार ५ बजे घर फर्केका हुन् ।

गत चैत १४ गते मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका रामविनयलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो । त्यहाबाट न्यूरो सम्बन्धि उपचारको लागि परिवनरजनलाई थाहै नदिइ कृष्णा मेडिकलमा रेफर गरी भर्ना गरिएको थियो ।

Sponsored

उपचार पश्चात जनकपुरधाम उपमहानगरपालिका १७ का २२ वर्षीय रामविनय निको भए । गत चैत २२ गते उनको डिस्चार्ज भयो । त्यस बेलासम्म फार्मेसी बाहेक ३ लाख उपचार खर्च भएको थियो । विपन्न घरपरिवारले मात्र औसधि र उपचारको ९० हजार बुझाएको थियो । थप रकम बुझाउन नसक्दा अस्पतालकै आइसियुमा बन्धक जस्तै बनेका रामविनयको बारे टुडेपाटी लगायत सञ्चारमाध्यमले समाचार सार्वजनिक गरेपछि मानवअधिकारवादी संघसंस्था र सम्बन्धित निकायको ध्यानाकर्षण भएको थियो ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालय जनकपुरकी रेखा दत्त, इन्सेकको प्रदेश कार्यालय जनकपुरका प्रमुख राजु पासवान र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरको पहलमा केवल थप ५० हजार रकम लिएर अस्पताल विनयलाई घर जान दिएको हो ।

अस्पतालले मंगलबारसम्मको करिब ५ लाख उपचार खर्च भएकोमा साढे ३ लाख भन्दा बढी छुट गरी सहयोग गरेको अस्पतालका इन्चार्ज देवेन्द्र यादवले बताए । उनले न्यूरो सम्बन्धि गम्भीर घाइते रामविनयलाई पैसा न शल्यक्रिया गरी पहिले रकम नबुझाएपनि उपचारमा कुनै कञ्जुस्याइ नगरी ज्यान जोगाएको बताए ।
रामविनयका बुबा पंचु महरा र आमा प्रमिला महरा संघसंस्थाको पहलमा उपचार खर्च धेरै रकम छाडेर छोरालाई घर जान दिएकोमा सबैलाई धन्यवाद दिए । महरा परिवारको सम्पतिको नाममा केवल दुईधुर घडेरी छन् । छोराको उपचार खर्च जुटाउन भौतारिनु पर्ने उनीहरुको बाध्यता थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *