TodayPati

धनुषामा मृत फेला परेका युवक भारतीय

टुडेपाटी-
जनकपुरधाम, वैशाख १८ गते ।

धनुषाको नगराइनमा सोमबार मृत फेला परेका युवक भारतीय रहेको पहिचान खुलेको छ । मृतक भारतको विहार राज्य मधुवनी जिल्लाको पहरा ग्रामपञ्चायत, झिकटैया थाना बासोपट्टी वडा नम्बर १ का ३२ वर्षीय मोहम्मद नवाउदिन रहेका छन् ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार नवाउदिनको सोमबार बिहान धनुषाको नगराइन नगरपालिका २ को आँपको बगैंचामा वेवारिशे शव फेला परेको थियो । उनको हिजो पहिचान खुलेको थिएन ।

Sponsored

अत्यधिक मदिरा सेवनको कारण उनको मृत्यु हुन सक्ने प्रहरीको आशंका छ । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *