TodayPati

नागरिकता विधेयक चाँडो पारित गर्न माग गर्दै माइतीघर मण्डलामा धर्ना (फोटोफिचर)

टुडेपाटी-
काठमाडौं, साउन २० गते ।

संसदमा विचाराधीन नागरिकता विधेयक चाँडो पारित गर्न माग गर्दै काठमाडौंको माइतीघरमा धर्ना दिइएको छ । ‘नागरिकताविहीन नेपालीहरु’ समूहको संयोजक इन्द्रजित साफीको नेतृत्वमा बुधबार माइतीघर मण्डलामा दबाबमूलक धर्ना दिइएको हो ।

प्रदर्शनमा सहभागीहरुले संविधानको धारा ११ को उपधारा (३) र (५) छिटो कार्यान्वयन गर्न माग गरेका छन् । यस्तै विगतका दिनमा नागरिकता नपाएर गुमाएके सेवा सुविधाको क्षतिपूर्ति दिनुपर्ने पनि उनीहरुको माग छ ।

Sponsored

नागरिकता नपाएर विगतमा गुमाएको सेवा सुविधाको क्षतिपूर्ति पाउनुपर्ने पनि उनीहरूको माग छ । प्रदर्शनकारीहरूले ‘म इन्जिनियर नेपाली नागरिकता कहिले पाउने’, ‘हामी नागरिकताविहीन नेपालीले नागरिकता कहिले पाउने’ लगायतका प्लेकार्ड बोकेका थिए ।

धर्नापछि माइतीघरबाट निकालेको र्‍याली नयाँबानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *