TodayPati

वीरगञ्जमा कोरोना संक्रमणबाट २९ वर्षीय चिकित्सकको मृत्यु

टुडेपाटी-
वीरगञ्ज, जेठ ९ गते ।

कोरोना संक्रमणका कारण वीरगञ्जमा एकजना चिकित्सकको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका– ३ छपकैयाका २९ वर्षीय चिकित्सक मुराद हुसेनको मेडिसिटी अस्पतालमा मृत्यु भएको हो । उनी हाडजोर्नी तथा नशा रोगका डाक्टर थिए ।

वीरगञ्ज हेल्थ केयरलगायत विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा काम गरेका उनको कोरोना संक्रमणबाटै आइतबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

डा. हुसेनले एक महिनाअघि मात्रै शेख मुजीब मेडिकल युनिर्भसिटी बंगलादेशबाट पढाइ पूरा गरेका थिए ।

Sponsored

कोरोना संक्रमितको उपचारमा समेत खटिएका डाक्टर हुसैनसँगै वीरगञ्ज हेल्थ केयरका ५ जना चिकित्सकलाई एकैपटक कोरोना संक्रमण पुष्टी भएको थियो ।

वीरगञ्ज हेल्थ केयरका सञ्चालक डा. अबुल हैस अन्सारीका अनुसार डा. हुसैनको एक साता जति वीरगञ्जमै राखेर उपचार चलिरहेको थियो । तर स्वास्थ्यमा सुधार नभएपछि १० दिनअघि हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।

‘संक्रमण पुष्टी भएपछि डाक्टर उदय नारायण सिंहले हेर्नुभएको हो, छातीको सिटी गराउनेवित्तिकै भर्ना गर्नुपर्छ भनेर सल्लाह दिनुभयो,’ अन्सारीले भने ।

Sponsored

मृतक चिकित्सकको दुवै फोक्सोमा कोभिड निमोनिया देखिएको थियो । र स्वासप्रश्वासमा पनि समस्या रहेको बताइएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *