TodayPati

दिल्लीमा फेरि एक साता लकडाउन थपियो

टुडेपाटी-

जनकपुरधाम, जेठ ९ गते ।

भारतको राजधानी दिल्लीमा कोरोनाका नयाँ संक्रमितको दर कम भए पनि लकडाउन अवधि बढाइएको छ।

Sponsored

नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार लकडाउन पुनः एक साता थप्न आदेश दिएका हुन् । अब दिल्लीमा ३१ मेसम्म लकडाउन जारी रहनेछ ।

१८ अप्रिलदेखि दिल्लीमा शुरु भएको लकडाउन २४ मेमा समाप्त हुँदै थियो । मुख्यमन्त्री केजरीवालले संक्रमित घट्ने सिलसिला जारी रहे र स्थितिमा सुधार आए ३१ मेपछि लकडाउन हटाउने प्रक्रिया शुरु गर्ने बताएका छन् ।

आइतबार पत्रकार सम्मेलनमा केजरीवालले एक महिनामा दिल्लीको अनुशासनका कारण कोरोनाको लहर कमजोर भइरहेको उल्लेख गरे । अप्रिलमा संक्रमण दर ३७ प्रतिशत पुगेको र अहिले मानिसहरु कम संक्रमित भइरहेका केजरीवालको भनाइ थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *