TodayPati

डब्लुएचओले अर्को हप्ता स्वास्थ्य सामग्री नेपाललाई दिने

टुडेपाटी-

जनकपुरधाम, जेठ ९ गते ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपालसहित दक्षिण पूर्वी एसियाली क्षेत्रमा थप सहयोग सामग्री प्रदान गर्ने जनाएको छ ।

Sponsored

आउँदा हप्तामा नेपाल, भुटान, माल्दिभ्स, श्रीलंकासहितका देशमा बढ्दो कोरोना भाइरसको संक्रमणसँग जुध्नका लागि अत्यावश्यक स्वास्थ्य सामग्री पठाइने डब्लुएचओले जनाएको हो ।

अत्यावश्यक स्वास्थ्य सामग्रीको आवश्यकता र वितरणबिच रहेको असमानतालाई सम्बोधन गर्ने गरि थप सहयोग गरिने डब्लुएचओकी दक्षिण–पूर्वी एसिया निर्देशक डा. पूनम क्षेत्रपाल सिंहले बताएकी हुन् ।

उनले भनेकी छन्, ‘हजारौँ अक्सिजन कन्सनट्रेटर, परीक्षण किट, अस्पताल बेड, टेन्ट र पीपीई सहितका सामग्रीहरु पठाइएको छ ।

Sponsored

पछिल्लो समय भारतमा धेरै सामग्री सहयोग गरियो। अब आवश्यकता र मागका आधारमा नेपाल, भुटान, श्रीलंका, बंगलादेशमा पनि थप सामग्री पठाइने छ ।’

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *