TodayPati

वीरगञ्‍जका विद्यालयस्तरीय सबै परीक्षा स्थगित

टुडेपाटी-
वीगञ्‍ज, वैशाख १२ गते ।

बढ्दै गएको कोरोना संक्रमणलाई मध्यनजर गर्दै
वीरगञ्‍ज महानगरपालिकाले सम्पूर्ण निजी तथा सामुदायिक विद्यालयस्तरीय परीक्षाहरु स्थगित गरेको छ ।

महानगरपालिकाले अाइतबार एक विज्ञप्ति जारी गर्दै  कक्षा ८को नगरस्तरीय लगायत विद्यालय स्तरीय सम्पूर्ण परीक्षाहरु  स्थगित गरेको जानकारी गराएको छ ।

Sponsored

‘कोभिड-१९ संक्रमण दिन प्रतिदिन तीव्र रुपले बढ्‍दै गइरहेको अवस्थालाई मध्‍य नजर गर्दै मिति २०७८/०१/१२ देखि सञ्‍चालन भइरहेको आधारभूत तह कक्षा ८को नगरस्तरीय परीक्षा लगायत विद्यालय स्तरीय सम्पूर्ण परीक्षाहरु अर्को सूचना नभएसम्‍मका लागि स्थगित गरिउको व्‍यहोरा सबैमा जानकारीको लागि अनुरोध छ।’ महानगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *