TodayPati

सप्तरीमा एकै परिवारका ११ जनालाई कोरोना संक्रमण

शुभ नारायण यादव-
सप्तरी, वैशाख १२ गते ।

सप्तरी जिल्लामा पनि दोस्रो कोरोनाको कह सुरु भएको छ । क्रममा सप्तरीमा आज मात्रै एकै परिवारका ११ जनासहित थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा न.–३ तरही हटैलका ७ महिला र ४ पुरुष गरी ११ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीया लाल यादवले जानकारी दिए । उनका अनुसार ११ जना एकै परिवारका सदस्य हुन् ।

Sponsored

यसैगरी राजविराज नगरपालिका वडा न.–९ की एक महिला, हनुमाननगर कंकालिनी नगरपालिका वडा न.–४ का एक तथा विष्णुपुर गाउँपालिका वडा न. –१ का एक पुरुषमा संक्रमण पुष्टि भएको छ ।

योसँगै सप्तरीमा सक्रिय संक्रमितको संख्या २६ जना पुगेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *