TodayPati

जानकी मेडिकल कलेजमा ७६ दिनदेखि कर्मचारीको आन्दोलन जारी, कलेज मौन

टुडेपाटी-

जनकपुरधाम, चैत २२ गते ।

कलेजको ज्यादतीविरुद्ध लागातार ७६ दिनदेखि आन्दोलनरत जानकी मेडिकल कलेजका कर्मचारी आक्रोशित भएका छन् ।

Sponsored

आन्दोलनकारीको माग पुरा गर्न कलेजले कुनै चासो नदेखाएको भन्दै उनीहरु आक्रोशित भएका हुन् ।

तलब, सञ्चयकोष, दशैँभत्ता र पुनर्बहालीको माग गर्दै कलेजको प्रांगनमै रिले अनशन बसेका उनीहरुले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिँदै आएपनि कलेज प्रशासनले भने कुनै चासो देखाएको छैन् ।

कर्मचारीको आन्दोलनका कारण कलेजको इमर्जेन्सीबाहेक अन्य सबै सेवा ७६ औं दिनसम्म ठप्प छ। अस्पताल ठप्प हुँदा स्थानीय बासिन्दा उपचारका लागि जनकपुर धाउन बाध्य भएका छन्।

Sponsored

प्रशासनले आफूहरु अनशन बस्दा दर्जन भन्दा बढी कर्मचारीलाई जागिरबाट हटाएको र धाक धम्की पनि दिने गरेको कर्मचारी हकहित संरक्षण समितिका अध्यक्ष उमेश यादवको आरोप छ ।

आन्दोलित कर्मचारीले शिक्षण अस्पतालका ओपिडी, प्रशासन, लेखासहितका सबै शाखा बन्द गराएका छन्।

आन्दोलनको माग किन सम्बोधन नगरेको विषयमा जिज्ञासा राख्न खोज्दा आफु मिडियामा बोल्न नचाहेको प्रशासकीय अधिकृत दयानन्द झाले संचारकर्मीलाई बताउँदै आएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *