TodayPati

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य कति पुग्यो ?

टुडेपाटी-

जनकपुरधाम, चैत २२ गते ।

पेट्रोलियम पदार्थमा फेरि मुल्यवृद्धि भएको छ ।

Sponsored

नेपाल आयल निगमले फेरि पेट्रोल र डिजल, मट्टीतेलको साविक मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढेको हो ।

अब पेट्रोलको प्रतिलिटर मूल्य १२० र डिजल, मट्टीतेलको १०३ रूपैयाँ कायम भएको छ । गत चैत ३ गते पनि निगमले मूल्य बढाएको थियो ।

इन्डियन आयल कर्पोरेसनबाट १ अप्रिल २०२१ मा प्राप्त मूल्यअनुसार निगमले मूल्य समायोजन गरेको हो । पछिल्ला दिनहरुमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य स्थिर भए तापनि मासिक नोक्सानी अत्यधिक रहेको निगमले बताएको छ ।

Sponsored

स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधिले निर्दिष्ट गरेअनुसार आइतबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढेको हो ।

खाना पकाउने ग्याँस तथा हवाई इन्धनको बिक्री मूल्य भने हाललाई यथावत् नै राखिएको निगमले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *