प्रदेश २ : पाँचवट घरमा आगलागी, लाखौँको क्षति
टुडेपाटी-
बारा, चैत २२ गते ।
बाराको पचरौता नगरपालिकामा आइतबार अपराह्न एकैपटक पाँच घरमा आगलागी हुँदा झण्डै ७ लाख रुपैयाँ बराबरको सम्पत्ति जलेर नष्ट भएको छ।
पचरौता नगरपालिका–१ पिपरपातीमा बस्ने जयनारायण यादवको घरबाट सल्केको आगोले नजिकै रहेका शम्भु यादव, नागेन्द्र यादव, मिश्री यादव र लक्ष्मण यादवको घरमा पनि क्षति भएको छ।
आगलागीबाट घर, लत्ता कपडा, अन्नपात लगायत नष्ट भएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको मिश्रले बताए।
Sponsored