TodayPati

धनुषाको विदेह नगरपालिकालाई पुनः आयोगको आदेश : ७ दिनभित्र सूचना उपलब्ध गराउनु

टुडेपाटी-
जनकपुरधाम, चैत ९ गते ।

धनुषाको विदेह नगरपालिका कार्यालयसंग राष्ट्रिय सूचना आयोगले सूचना उपलब्ध गराउन आदेश दिएको छ ।

पत्रकार शैलेन्द्र महतो क्रान्तिको उजुरी उपर सुनुवाई गर्दै आयोगले विदेह नगरपालिका कार्यालयलाई ७ दिन भित्र पुनरावेदनकलाई सूचना उपलब्ध गराउन आदेश दिएको हो ।

Sponsored

यसअघि गएको पुस १६ गते पत्रकार महतोको पुनरावेदन उपर सुनुवाई गर्दै राष्ट्रिय सूचना आयोगले विदेह नगरपालिका कार्यालयलाई सूचना उपलब्ध नगराउनुका कारणसहितको जवाफ ७ दिन भित्र पेश गर्न आदेश दिएको थियो ।

तर पनि सूचना उपलब्ध नभएपछि पत्रकार महतोले पुनः गएको माघ २५ गते आयोग समक्ष उजुरी गरेका थिए । सो उजुरी उपर सुनुवाई गर्दै आयोगले ७ दिन भित्र पुनरावेदक महतोलाई सूचना उपलब्ध गराउन विदेह नगरपालिकाका कार्यालय प्रमुख र सूचना अधिकारीको नाममा आदेश दिएको हो ।

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुंग, सूचना आयुक्त कमला ओली थापा र रत्न प्रसाद मैनालीको संयुक्त इजलासले यस्तो आदेश दिँदै आदेश कार्यान्वयन गर्न विदेह नगरपालिका कार्यालयलार्य पत्रपठाएको छ ।

Sponsored

माग गरेको सूचनाहरु कार्यालयले सहजै उपलब्ध गराउनु पर्ने भएकाले मागकर्तालाई सूचना उपलब्ध गराउन आयोगले भनेको हो ।

पत्रकार महतोले गएको कार्तिक ५ गते कार्यालयसंग विकास तथा कार्यालय प्रयोजनमा भएको खर्च विवरण सहितको सूचना माग गर्दै अध्ययन तथा समाचार प्रयोजनको लागि सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा दफा ३ बमोजिम निवेदन दर्ता गराएका थिए ।

तर नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत संजिव साहले आफुले सूचना दिन नसक्ने भन्दै पन्छिदै मेयर वेचन दाससंग सूचना लिनेपछि पत्रकार महतोले राष्ट्रिय सूचना आयोगमा विदेह नगरपालिका कार्यालय विरुद्ध पुनरावेदन गरेका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *