TodayPati

लामो समयपछि वीरगञ्जमा एकै दिन १० जनामा कारोना संक्रमण पुष्टि

टुडेपाटी-
वीरगञ्ज, चैत ९ गते ।

लामो समयपछि वीरगञ्जमा एकै दिन १० जनामा कारोना भाइरसको संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा आइतबार ५० जनाको पीसीआर परीक्षण गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ पुष्टि हुनेमा पर्साका ३, बाराका ६ र झापाका १ जना गरी १० जनामा संक्रमण भेटिएको नारायणी अस्पतालका कोरोना फोकल पर्सन डा. सरोज रोशन दासले जानकारी दिए ।

Sponsored

‘३(४ महिनादेखि दिनहुँ फाट्ट फुट्ट रुपमा २ वा ३ जनामा मात्र संक्रमण भेटिने गरेको थियो,ु उनले भने, ुयसले फेरि संक्रमण बढ्न थालेको संकेत भन्न सकिने अवस्था छ ।’

आइतबार पुष्टि भएकाहरु होम आइसोलेसनमा बसेको उनले बताए । ‘सबैमा सामान्य ज्वरो र खोकीको लक्षण मात्र छ । गम्भीर अवस्थाको कोही पनि छैनन् । त्यसैले होम आइसोलेसनमा बस्न सुझाएका छौँ’ उनले भने ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *