TodayPati

सप्तरीबाट अवैध सामानसहित दुईजना पक्राउ

शुभ नारायण यादव-
सप्तरी, फागुन ८ गते ।

सप्तरी प्रहरीले अवैध सामानसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुरुङगा नगरपालिका ४ का ४२ वर्षीय रामअवतार यादव र सिरहा भगवानपुर गाउँपालिका ४ का २३ वर्षीय मो. नसिरुदिन छन् ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत बलान खोलाको पुलबाट गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कडरवोनाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ भन्सार छलि गरी ल्यारहेको अवैध सामानसहितउनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा डीएसपी भुवनेश्वर साहले जानकारी दिए ।

Sponsored

पक्राउ परेका दुवैको साथबाट ट्रयाकसुट पाईन्ट २६५ पिस, टिसट २४२ पिस, हाफ पाईन्ट १३४ बरामद भएको साहले बताए । प्रहरीले घटनामा संलग्न मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।

प्रहरीले दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान कार्य गरिरहेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *