TodayPati

धर्मेन्द्र साहविरुद्ध औषधि व्यवसायी संघ धनुषाले चैत ९ गतेदेखि आन्दोलन गर्ने

टुडेपाटी

जनकपुरधाम, फागुन २९ गते ।

नेपाल औषधी व्यवसायी संघ धनुषाले चैत ९ गतेदेखि औषधी पसलहरु बन्द गरेर आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

Sponsored

नेपाल औषधी व्यवसायी संघ धनुषाका पूर्व महासचिव प्रमोद अग्रवाल ‘पप्पु’ लाई रुफटप फ्यामली रेष्टुरेन्टका सञ्चालक धर्मेन्द्रकुमार साहले कुटपिट गरेको घटनामा हालसम्म उनलाई कानूनी दायरमा नल्याइएको भन्दै औषधी पसलहरु बन्द गरेर आन्दोलनमा जाने चेतावनी दिएको हो ।

नेपाल औषधी व्यवसायी संघ धनुषाका महासचिव तेज नारायण चौधरीले फागुन २६ गते दिउँसोको समयमा आफ्ना संगठनका पदाधिकारी अग्रवाललाई जर्बजस्ती दुव्र्यवहार गर्दै कुटपिटसमेत गरेकोले सो घटनामा संलग्न साहलाई चैत ९ गतेसम्म कानूनी दायरामा नल्याइए नेपाल औषधी व्यवसायी संघ धनुषा शाखाले जिल्लाका सम्पूर्ण औषधी पसलहरु बन्द गरी आन्दोलन गर्न बाध्य हुने विज्ञप्ती मार्फत चेतावनी दिएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *