TodayPati

सुन्दरीजलमा युवतीको हत्या, सर्लाहीका दुईजना पक्राउ

टुडेपाटी-
जनकपुरधाम, भदौ २३ गते ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा मृत भेटिएकी युवतीको हत्या भएको पुष्टि भएको छ । प्रहरीले जनाएको अनुसार हत्या गरिएकी महिला सिरहा निवासी, काठमाडौंको बसुन्धारा बस्दै आएकी राम दुलारी थिइन् ।

प्रहरीले टाउकोमा चोट देखिएपछि अनुसन्धानलाई तीव्र बनाएर राम दुलारीको हत्या भएको निष्कर्ष निकालेको हो ।

Sponsored

गत बिहीबार सुन्दरीजल घुम्न गएका केही व्यक्तिले बोक्सेदहको ढुंगाको फाटमा मानव खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी वृत्त बौद्ध र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली घटनास्थलमा खटिएको थियो। शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टमका लागि पठाइएको छ ।

प्रहरीले हत्या आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही चक्रघट्टा गाउँपालिका–३ का ४० वर्षीय रामविनय महरा र बसगरिया गाउँपालिका–५ का २४ वर्षीय सन्तोष राम महरा छन् ।

प्रहरीका अनुसार रामविनय जुत्ता सिलाउने काम गर्थे भने राम दुलारी ज्याला मजदुरी गर्थिन्। उनीहरू दुई वर्षदेखि प्रेम सम्बन्धमा थिए, तर बारम्बारको असमझदारीले झगडा हुँदै आएको थियो ।

Sponsored

एसपी नवराज अधिकारीका अनुसार, रामविनयले सन्तोषको सहयोगमा राम दुलारीको हत्या योजना बनाएका थिए । योजनाअनुसार रामविनयले दुलारीलाई सुन्दरीजल घुम्न लगेर सन्तोषसँग मिलेर डिलबाट धकेलेर बोक्सेदहमा खसालेपछि, ढुंगाले टाउकोमा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

हत्या पछि उनीहरूले शवलाई ढुंगाको कापमा लुकाएर घटनास्थलबाट भागेको प्रहरीले जनाएको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *