TodayPati

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक एमबिबिएसको पढाइ सुरु हुँदै

टुडेपाटी-
जनकपुरधाम, भदौ २२ गते ।


मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानलाई चिकित्सा शिक्षा आयोगले चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस) का लागि ५० सिट निर्धारण गरेको छ । यो सँगै मधेश प्रदेशमा पहिलोपटक सरकारी तहमा चिकित्साशास्त्रतर्फ उच्चशिक्षाको आरम्भ हुने भएको छ ।  

प्रतिष्ठानलाई प्राप्त ५० सिटमध्ये ७५ प्रतिशतमा विद्यार्थीले पूर्ण छात्रवृत्तिमा एमबिबिएस पढ्न पाउनेछन् । जसमा मधेश प्रदेशका बहुसँख्यक विद्यार्थीले अवसर पाउने विश्वास गरिएको छ ।

Sponsored

प्रतिष्ठानमा एमबिबिएसको अध्य्यन अध्यापन सुरु भएपछि प्रादेशिक राजधानी जनकपुरधामलगायत मधेश प्रदेशको स्वास्थ्यसेवामा समेत गुणात्मक सुधार आउने अपेक्षा गरिएको छ ।

चिकित्साशास्त्रमा एमबिबिएस तहको जनशक्ति उत्पादन हुने थलोको रूपमा विकसित हुँदा जनकपुरधाम लगायत वरपरका क्षेत्रमा आर्थिक गतिविधिमा समेत तीव्रता आउने निश्चितप्रायः छ ।

मुख्यमन्त्री सतिश सिंहले एमबिबिएस पठनपाठन सुरु गराउन आवश्यक तयारी तीव्रताका साथ गरी सफलता प्राप्त गरेकामा प्रतिष्ठानका उपकुलपति डा.अंकुर साह, रजिस्ट्रार डा.विनोद यादवलगायतका पदाधिकारी तथा कर्मचारीलाई बधाई दिएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *