TodayPati

चित्रलेखा यादव अस्ट्रेलियाका लागि राजदूत सिफारिस

टुडेपाटी-
जनकपुरधाम, भदौ २४ गते ।

सरकारले कांग्रेस नेतृ चित्रलेखा यादवलाई अस्ट्रेलियाका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको छ। सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यादवको नाम अनुमोदन गरेको हो ।

यादव यसअघि पुनर्स्थापित प्रतिनिधि सभाको उपसभामुख, कांग्रेसको पूर्वकोषाध्यक्ष, पूर्वशिक्षा मन्त्री, र पार्टीको केन्द्रीय सदस्य समेत भइसकेकी छिन् ।

Sponsored

यसअघि, गत साउन १४ गते १८ देशका लागि राजदूत सिफारिस गर्दा समावेशिता नअपनाइएको भन्दै आलोचना भएको थियो । यसलाई लिएर संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले भदौ १८ गते सरकारको ध्यानाकर्षण गराएको थियो ।

समितिको बैठकमा परराष्ट्रमन्त्री आरजु राणाले राजदूत सिफारिसमा समावेशिता नअपनाइएकोमा ‘आई एम सरी’ भन्दै माफी मागेकी थिइन् । त्यसपछि अस्ट्रेलियाका लागि कांग्रेसकी नेतृ यादवलाई सिफारिस गर्ने निर्णय गरिएको हो ।

यसअघि कांग्रेसकै कान्ता रिजाललाई अस्ट्रेलियाका लागि सिफारिस गरिएको थियो । तर, इजरायलका लागि राजदूत हुँदा उनले सरकारी खर्चमा लगेका सहयोगीलाई फिर्ता नल्याएको उजुरी परेपछि सरकारको निर्णयबाट रिजालको नाम फिर्ता लिइएको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *