TodayPati

महोत्तरीमा अनटेस्ट मोटरसाइकल दुर्घटना हुँदा भारतीय युवकको ज्यान गयो

टुडेपाटी-
जनकपुरधाम, पुस २५ गते ।

महोत्तरीमा अनटेस्ट मोटरसाइकल अनियन्त्रित भएर भदुर्घटना एक भारतीय नागरिकको ज्यान गएको छ । ज्यान जानेमा अनटेस्ट मोटरसाइकलको पछाडिमा सवार भारत जिल्ला सितामढी बारा बस्ने २२ वर्षका रबिन्द्र पासवान रहेका छन् ।

शनिबार दिउँसो मनराशिसवा नगरपालिका १ मनरा तर्फ आउदै गरेको १५० सीसीको मोटरसाइकल आफै अनियन्त्रित भई लड्दा दुर्घटना भएको हो । मोटरसाइको पछाडिमा सवार पासवान गम्भीर घाइते भएपछि उपचारको लागि जिल्ला अस्पताल जलेश्वर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Sponsored

उनको शव पोस्टमार्टमको लागि जलेश्वर अस्पतालमा राखिएको छ । मोटरसाईकल चालक भारत जिल्ला सितामढी बारा बस्ने सरोज पासवान नियन्त्रणमा लिइ घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *