TodayPati

स्व. दिलीपको सम्झनामा जनकपुर र काठमाडौंमा श्रद्धाञ्जली तथा प्रदर्शन

टुडेपाटी-
जनकपुरधाम, पुस २५ गते ।

पर्यावरण संरक्षण अभियन्ता धनुषाका ओमप्रकाश भन्ने दिलीप महतोको प्रथम स्मृति दिवस युथ एसोसिएसन आफ नेपाल (यान)ले विभिन्न कार्यक्रम गरी मनाएको छ । दिलीपको सम्झनामा यानले जनकपुर र काठमाडौंमा श्रद्धाञ्जली तथा विरोध कार्यक्रम सम्पन्न गरेको हो ।

आज साँझा ५ बजे जकपुरधाम स्थित जानकी मन्दिरको प्रांगणमा यानले श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ । यान धनुषा जिल्ला सदस्य बलराम गुप्ताको नेतृत्वमा सम्पन्न भएको कार्यक्रममा दीप प्रज्वलन गरी श्रद्धाञ्जली तथा विभिन्न नारा लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।

Sponsored

यस्तै यानले काठमाडौं माइतीघरमा पनि श्रद्धाञ्जली तथा विरोध कार्यक्रम गरेको छ । महोत्तरी युथ नेटवर्क सँगको सहकार्यमा भएको कार्यक्रमको नेतृत्व यान केन्द्रिय सदस्य सिवा सिंहले गरेका थिए ।
सो कार्यक्रममा युवाहरूले “दिलिप महतोलाई प्रथम पर्यावरण सहिद घोषणा गर, हत्यारालाई के कार्वाही भयो एकपटक जानकारी गराइदिनुस न सरकार, दिलिप महतोलाई न्याय दे“ लगायतका प्ले कार्डसहित प्रदर्शन गर्दै दीप प्रजवलन गरि श्रद्धाञ्जली अर्पण गरेका थिए ।

युथ एसोसिएसन अफ नेपाल ( यानको तर्फबाट महोत्तरी युथ नेटवर्कको अध्यक्ष चुडामणि यादवले एक वर्षदेखि विभिन्न कार्यक्रम गर्दै संघर्ष गर्दै आएको र दिलीले न्याय, उनलाई पर्यावरण सहिद घोषणा नगरेसम्म संघर्षरत रहने बताएका छन् ।

यस्तै कार्यक्रममा समाजसेवी सरोज रायले आफुहरु चुरे संरक्षण आन्दोलन अन्तर्गत प्रदेश न. २ को आठवटै जिल्लामा दिलिप महतोको हत्या र चुरे दोहन विरुद्ध आवाज उठाउदै आएको जानकारी गराए । उनले कुनै निष्कर्षमा नपुगी यस घटनालाई ओझेल हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

Sponsored

कार्यक्रममा समाजसेवी सरोज राय, यानका संस्थापक अध्यक्ष राहुलराज यादव, केन्द्रिय अध्यक्ष आदित्य नेपाल, केन्द्रिय उपाध्यक्ष मनिसा साह, युवा बिटु मिश्र, महोत्तरी युथ नेटवर्कका अध्यक्ष चुडामणि यादव, लगायत करिब पैतिस चालीस जना यानका सदस्यहरु, मेनिका सदस्यहरु र स्वतन्त्र युवाहरुको उपस्थिति रहेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *