जनकपुरको गंगासागर किनारमा एक पुरुषको शव
टुडेपाटी-
जनकपुरधाम, कार्तिक २२ गते ।
जनकपुरको गंगासागर किनारमा एक पुरुष मृत अवस्थमा फेला परेका छन् ।
मागेर खाने अपरिचित अन्दाजी ४० वर्षका व्यक्तिको शव शुक्रबार दिउँसो वेवारिसे अवस्थामा फेला परेको हो ।
गंगा महाआरती हुने स्थलभन्दा छेउमै उत्तरपट्टी बस्नलाई बनाइएको ठाउँमा पुरुषको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना सन्दर्भमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।