धनुषामा जनावरले खाएको अवस्थामा महिलाको शव भेट्यो
टुडेपाटी–
जनकपुरधाम, कार्तिक २१ गते ।
धनुषामा जनावले खाएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
जनकनन्दनी गाउँपालिका–४ स्थित धान खेतमा अन्दाजी ६० वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।
खुट्टाको भाग जनावरले खाइदिएको र अनुहारमा किराले खाएको अवस्थामा स्थानीय गर्भु दासको खेतमा लास भेटिएको ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरिक्षक ह्रेन्द्र रोकायाले जानकारी दिए । स्था
नीय एक महिलाले खेतमा काम गर्न जाँदै गर्दा सो लास देखेकी थिइन् ।
उनको सनाखत हुन सकेको छैन् । शव पोष्टमार्टमकालागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरी निरिक्षक रोकायाले जनाए ।