कोरोना संक्रमणबाट एकैदिन दुईजना काँग्रेस नेताको मृत्यु
टुडेपाटी
जनकपुरधाम, कार्तिक ६ गते ।
कोरोना भाइरस संक्रमणबाट बुधबार एकै दिन नेपाली कांग्रेसका दुई जना नेपाली काँग्रेसका नेताको मृत्यु भएको छ । उनीहरु दुबैजना महाधिवेशन प्रतिनिधि थिए ।
बुधबार सप्तरी र कञ्चनपुरमा गरी दुई जना काँग्रेस नेताको संक्रमणबाट मृत्यु भएको हो । सप्तरीको कञ्चनपुर गाविसका पूर्व उपाध्यक्ष एवं कांग्रेस महाधिवेशन प्रतिनिधि रामभरोसी गुप्ताको संक्रमणबाट मृत्यु भएको छ।
कञ्चनपुर रौनियार समितिका अध्यक्षसमेत रहेका गुप्ताको ६५ वर्षको उमेरमा विराटनगरमास्थित विराट नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको हो। गुप्तामा मधुमेह, मुटु रोग, निमोनिया र किड्नीसम्बन्धी समस्यासमते रहेको पारिवारिक स्रोतले जनाएको छ।
काँग्रेस सप्तरीले शोक वक्तव्य जारी गर्दै गुप्ताको निधनप्रति दुःख व्यक्त गरेको छ।
Sponsored
त्यसैगरी कोरोना संक्रमणको कारण डोटीमा पनि कांग्रेस नेता तेजबहादुर पुन मगरको मृत्यु भएको छ। केआईसिंह गाउँपालिका ४ को पूर्वीयाबगर घर भएका ५० वर्षीय पुनको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा बुधबार मृत्यु भएको हो।
अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठकाअनुसार नेता पुनमा निमोनियाको समस्या थियो।
कांग्रेस डोटीका महाधिवेशन प्रतिनिधि उनी नेपाल आदिवासी जनजाति सङ्घ डोटीका अध्यक्षसमेत थिए। उनको निधनप्रति कांग्रेस डोटी जिल्ला कमिटिले दुःख व्यक्त गरेको छ।