TodayPati

प्रदेश २: हतियारधारी भारतीयलाई प्रहरीले गोली प्रहार गरी लिए नियन्त्रणमा

टुडेपाटी-
बारा, कार्तिक ५ गते ।

बाराबाट प्रहरीले हतियारधारी एक भारतीय नागरिकलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।

म्रौनगढ नगरपालिका ९ सानो बंकुलमा बुधबार दिउँसो साढे ३ बजे भारतबाट नेपाल आउँदै गरेका भारतको मोतिहारी पुर्वी चम्पारण दुधिअवाका २८ वर्षीय बृजकिशोर कुशवाहालाई पक्राउ गरेको हो ।

Sponsored

प्रहरीले प्रहार गरेको गोली उनको बायाँ पाखुरामा लागेको प्रहरीले जनाएको छ । उनको उपचारको कंकाली पोलिक्लिनिकल सिम्रौनगढमा भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उनको अवस्था अहिले समान्य रहेको छ ।

बाराका डिएसपी गौतम मिश्रले दिएको जानकारी अनुसार शंका लागेर प्रहरीले कुशवाहालाई रोक्न खोज्दा उनले पेस्तोल निकालेर प्रहरीमाथि गोली प्रहार गरेका थिए । उनको साथबाट पेस्तोल र गोली बरामद भएको प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *