सहिदनगरका ४३३ विपन्न परिवारलाई साढे १३ हजारको राहत कार्ड वितरण सुरु
टुडेपाटी-
जनकपुरधाम, कार्तिक ५ गते ।
धनुषाको सहिदनगर नगरपालिकाको २ वडाका ४ सय ३३ घरधुरीलाई आवश्यक्तामा आधारित भ्यालु भौचरकार्ड वितरण सुरु भएको छ । युके एडको आर्थिक सहयोग तथा मोर्सिकोर नेपालको सहकार्य एवं माण्डवीको आयोजनामा ४ सय ३३ घरपरिवारलाई राहत प्याकेज वितरण सुरु भएको हो ।
बुधबार सहिदनगर नगरपालिका कार्यालयमा प्रांगणमा एक समारोहबिच उक्त राहत प्याकेज वितरण कार्यक्रमको नगरप्रमुख उदयकुमार बरबरियाले उदघाटन गरेका छन् । उदघाटनका कार्यक्रममा सहिदनगर वडा नं. ३ र ७ का २० घरधुरीलाई राहत स्वरुपपको भ्यालुभाउचर कार्ड वितरण गरिएको छ ।
रेसिलेन्स प्लस अन्तर्गत जोखिम प्रभावित घरधुरीहरुलाई आवश्यकतामा आधारित राहत स्वरुप भ्यालु भाउचर कार्ड वितरण गर्न लागिएको हो । यासमा एक घरधुरीले उक्त भ्यालु भाउचर कार्डबाट साढे १३ हजार ५ सयको घरायसी समान लिन पाउनेछन् । यदुकोहा तथा जनकपुरका ७ वटा पसलबाट घरायसी आवश्यक्ताको सामग्री खाद्यान्न, भाँडाकुडा, औषधि उक्त भ्यालु भाउचर कार्डबाट किन्न पाउने माण्डवीकी फिल्ड अधिकृत पूजा ठाकुरले बताइन् ।
प्रति घरधुरी साढे १३ हजारको राहत प्याकेज रहेको उक्त भ्यालु भाउचर सहिदनगरको वडा नं. ३ यदुकोहाका २१४ र वडा नं. ७ धवौलीका २१९ जना गरी ४ सय ३३ जनालाई वितरण गरिने अधिकृत ठाकुरले जानकारी दिइन् । उनका अनुसार उक्त भ्यालु भाउचरको समयावधि १ महिना हुने छ ।
सहिदनगरका मेयर बरबरियाको अध्यक्षता तथा उपमेयर शिलादेवी कापरको विशिष्ट आतिथ्यमा भएको उदघाटन कार्यक्रममा स्थनीय जनप्रतिनिधि, सुरक्षाकर्मी, जानकी महिला जागरण समाजका प्रतिनिध धर्मेन्द्र शर्मा लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको उदघोषण न्यायिक समिति सल्लाहकार हलखोरी कापरले गरेका थिए ।
Sponsored