प्रदेश २ मा यानले दीप प्रज्वलन गरी मनाए बालिका दिवस
टुडेपाटी-
जनकपुरधाम, असोज २६ गते ।
युथ एसोसिएसन अफ नेपाल (यान)ले अन्तर्राष्ट्रिय बालिका दिवस प्रदेश २ को आठवटै जिल्लामा दीप प्रज्वलन गरी मनाएको छ ।
“मेरो अवाज, हाम्रो समान भविष्य“ भन्ने मुल नाराका यानले आइतबार बालिका दिवस मनाएको हो ।
दिवसमा यान र महोत्तरी युवा संजालको संयुक्त आयोजना तथा ग्रामीण विकास केन्द्रको सहकार्यमा प्रदेश न. २ को आठवटै जिल्लामा दिप प्रज्वलन कार्यक्रम गरेका छन् ।
त्यस्तै धनुषामा जनकपुरधाम जानकी मन्दिरको प्राङ्गणमा दिप प्रज्वलन गरि मनाइएको छ ।
आन्तरिक मामिला तथा गृह कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवको प्रमुख आतिथ्य एवं कृषि राज्यमन्त्री योगेन्द्र रायको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा सुरक्षाकर्मी, अधिकारकर्मी, साजसेवी लगायतको सहभागिता रहेको थियो ।