TodayPati

वीरगञ्जबाट ठुलो परिमाणमा लागुऔषधसहित तीनजना पक्राउ

टुडेपाटी-
वीरगञ्ज, असोज २५ गते ।

वीरगञ्जमा ठुलो परिमाणमा लागुऔषधसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधसहित ट्रकका चालक भारत पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना रक्सौल ग्राम गम्हरिया पोष्ट हर्दिया ४ बस्ने २० बर्षका बिक्रान्त पटेल, ट्रकमा सवार सोही स्थानका २८ बर्षका रामबालक राम र २० बर्षका आकाश कुमार रामलाइ समेत प्रहरीले पक्राउ गरेको हो ।

वीरगञ्जस्थित अलौ र्सिसियामा रहेको एकीकृत जाँच चौकी आईसिपी भएर भारतबाट नेपाल भित्रिएको एच आर ३८ भी ४८९५ नम्बरको भारतीय ट्रकबाट लागुऔषध वीनसिरेक्स १ हजार २ सय ६ बोत्तल र नुरफिन २ सय ९७ एम्पुल बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Sponsored

आईसिपी भएर आएको ट्रकलाई बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी र ईलाका प्रहरी कार्यालय सुगौली बिर्ताबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज २४ बहुअरी चोकमा रोकेर चेकजाँच गर्दा चालक बस्ने सिटमुनि तथो माथिको बोर्नटको क्यावीनमा लुकाई छिपाई राखेको अवस्थामा सो परिमाणमा रहेको लागुऔषध बरामद गरेको हो ।

पक्राउ परेका तीनैजनाविरुद्ध लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम लागुऔषध सम्बन्धी कसुर मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *