सप्तरीमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु
टुडेपाटी-
सप्तरी, असोज २५ गते ।
सप्तरीमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।
आइतबार बिहान कोरोना संक्रमणबाट डाक्नेश्वरी नगरपालिका वर्डा नम्बर ७ ललितपुर पुख्र्यौलीघर भइ हाल राजविराज वडा नम्बर ६ सिरहारोड निवासी ६५ वर्षीया महिलाको मृत्यु भएको हो ।
राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचाररत डाकनेश्वरी नगरपालिका वडा नम्बर ७ ब्रह्मपुर घर भई हाल राजविराज नगरपालिका वडा नम्बर ६ मा बस्दै आएकी ६७ वर्षीय महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
असोज २० गते परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनी राजविराजस्थित होम आइसोलेसनमा बस्दै आएकोमा आइतवार श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल पुर्याइएको थियो । उपचार थालिएको १ घण्टामै उनको मृत्यु भएको निमित्त प्रमुख यादवले बताए ।
मृतक महिला मधुमेह रोगले पनि ग्रसित रहेको बताइएको छ ।
Sponsored