नापी कार्यालय धनुषा दुई दिनका लागि बन्द
टुडेपाटी-
जनकपुरधाम, असोज २५ गते ।
कोरोना भाइरस संक्रमणको नापी कार्यालय धनुषाका प्रमुख सहित अन्य कर्मचारीमा कोरोनाको लक्षन देखिएपछि नापी कार्यालय धनुषा दुई दिनको लागि बन्द हुने भएको छ ।
नापी कार्यालय धनुषाले आइतबार सुचना जारी गर्दै दुई दिनको लागि कार्यालयबाट प्रवाह हुने सम्पुर्ण सेवा २६ गते सम्मको लागि बन्द गरिएको जानकारी दिएको छ ।
कार्यालय प्रमुख सहित अन्य कर्मचारीमा कोरोना सँग मिल्दो जुल्दो लक्षण देखिएकोले कोरोना परिक्षणको रिपोर्ट आउँदा सम्म नियमित सेवा प्रवाह गर्नु सम्भव नरहेकोले कार्यालय बन्द गरिएको जारी सुचनामा उल्लेख छ ।