TodayPati

सिरहामा बालक मण्डलको शव पोखरीमा भेटियो

टुडेपाटी

सिरहा, फागुन ९ गते ।

सिरहामा एक बालकको शव पोखरीमा डुबेको अवस्थामा फेला परेको छ । सिरहाको कल्याणपुर नगरपालिका ३ इटारीपर्साहीका राजकुमार मण्डलको छोरा ३ वर्षीय अयुष मण्डल आज शुक्रवार विहान पोखरीमा मृत फेला परेको हो ।

Sponsored

बिहीबार छिमेकीको विवाह रहेकाले कतिखेर हराएको भन्ने एकीन नभएपनि साँझमा बच्चा खोज्दा फेला नपरेको स्थानीय जगदिश मण्डलको भनाइ छ ।

बच्चा नभेटिएपछि रातभरी खोज तलास गरेपनि विहानमात्र पोखरीमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

डिएसपी घिमिरेका अनुसार अहिले सम्म बच्चा आफै खेल्दै जाने क्रममा डुवेको हुन सक्ने अनुमान गरेपनि घटनाबारे थप अनुसन्धान भईरहेको बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *