TodayPati

ब्राउनसुगर सहित सिरहाबाट एकजना पक्राउ

टुडेपाटी

सिरहा, फागुन ९ गते ।

सिरहाबाट लागुऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ प्रहरीले गरेको छ ।

Sponsored

पक्राउ पर्नेमा सिरहाको नरहा गाउँपालिका ५ का २० वर्षीय इन्द्रजित यादव रहेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

यादवलाई शुक्रवार नरहा गाउँपालिका ५ हनुमानचौकबाट प्रहरीको गस्ती टोलीले प्लाष्टिकको ४६ वटा सानो पोकामा तयार गरेर राखेको २ ग्राम ३० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेकोे सिरहा प्रहरीले जनाएको छ।

यस्तै बिहिवार साँझ सिरहा प्रहरीले दुई जना युवालाई लागुऔषधसहित पक्राउ गरेको थियो।

Sponsored

प्रहरीले सिरहाका बरीयारपट्टी गाउँपालिका वडा नं. १ का २० वर्षीय अशोककुमार यादव र वडा नं. २ का १६ वर्षीय आनन्दकुमार यादवलाई ४० एम्पुल फेनारगन, ३९ एम्पुल डाइजिल्याव र नोफिन ३८ एम्पुलसहित नियन्त्रणमा लिएको थियाे।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *