TodayPati

रौतहटको बागमती र लालबकैया नदीमा कटान सुरु, स्थानीय त्रसित

टुडेपाटी-रौतहट, साउन २३ गते । रौतहटको राजदेवी र माधवनारायण नगरपालिकामा बागमती र लालबकैया नदीमा आएको बाढीले कटान सुरु गरेको छ । बागमतीले राजदेवी र माधवनारायण र लालबकैयाले गौर–४ स्थित लालबकैया बानेश्वर मन्दिरको पश्चिमतर्फ कटान सुरु गरेको हो । कटानपछि बस्ती डुबानमा पर्ने भन्दै स्थानीय त्रासमा छन् । कटान गरेको क्षेत्रमा बोरा, बास राखेर अस्थायी रुपमा […]

महोत्तरी उद्योग वाणिज्य संघको अध्यक्षमा चौधरी ६ मतले विजयी

टुडेपाटी-महोत्तरी, साउन २३ गते । महोत्तरी उद्योग वाणिज्य संघको अध्यक्षमा जीतेन्द्र चौधरी निर्वाचित भएका छन् । शनिबार राति सम्पन्न संघको निर्वाचनको मतगणना परिणाम अनुसार प्रतिद्वन्दी जयनाथ प्रसादलाई ६ मतले पराजित गर्दै जीतेन्द्र चौधरी विजयी भएका हुन् । निर्वाचन अधिकृत सुरेशलाल कर्णलेका अनुसार निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार चौधरीले १२० मत प्राप्त गरेका थिए भने उनको प्रतिद्वन्दी […]

सिट बाँडफाँट गर्न पाँचदलीय कार्यदलको पहिलो बैठक आज बस्दै

टुडेपाटी-काठमाडौं, साउन २३ गते । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि सिट बाँडफाँट गर्न बनेको कार्यदलको पहिलो बैठक आज बस्ने भएको छ । सत्ता गठबन्धनले साउनभित्रमा सिट बाँडफाँटको खाका तयार गर्न गठन गरेको कार्यदलको पहिलो बैठक बस्न लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दिउँसो ३ बजे बैठक बस्न लागेको एकीकृत समाजवादीका महासचिव एवम् कार्यदलका […]

धनुषामा बस पल्टिँदा २० जना घाइते, ५ जनाको अवस्था गम्भीर

टुडेपाटी-जनकपुरधाम, साउन २३ गते । धनुषामा यात्रुवाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका १ विरेन्द्रबजारको गोलघर नजिक भएको बस दुर्घटनामा १५ जना सामान्य घाइते छन् भने ५ जना गम्भीर घाइते भएका छन् । काठमाडौंबाट काकड्भिटाका लागि छुटेको प्रदेश ३-०१-००५ ख ९७१९ नम्बरको बस सोमबार बिहान […]

कांग्रेस उपसभापति खड्का कोरोना संक्रमित

टुडेपाटी- जनकपुरधाम, साउन २३ गते । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोनाभाइरस संक्रमण भएको छ । शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएका खड्का चिकित्सकको परामर्शमा आइतबार बिहानदेखि होम आइसोलेसनमा बसेका थिए । आइतबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको खड्काले बताएका छन् । उनी अहिले घरमै आराम गरिरहेका छन् । उपसभापति खड्काले साउन २१ […]

महोत्तरीमा मटितेल छर्केर श्रीमती र सासुको हत्या गर्ने प्रयास

टुडेपाटी–महोत्तरी, साउन २२ गते । महोत्तरीमा ज्वाइँले मटितेल छर्केर श्रीमती र सासुको हत्या गर्ने प्रयास गरेका छन् । महोत्तरीको भंगहा ९ कञ्चजनवनमा आमाछोरीलाई मट्टितेल खन्याएर आगो लगाइएको हो । आगोमा जलेर दुबैजना गम्भीर घाइते भएकी छिन् । उनीहरुको जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौं रेफर गरिएको हो । घरायसी विवादमा औरही नगरपालिका ८ […]

जनकपुरधाममा सुकुम्बासी बालबालिका सडकमा

टुडेपाटी–जनकपुरधाम, साउन २२ गते । जनकपुरधाममा १९ दिनदेखि आन्दोलित रहेका सुकुम्वासीहरूले आ–आफ्ना बालबालिकालाई सडकमा उतार्दै बालबालिकाको भविष्यप्रति गम्भिर हुन ध्यानाकर्षण गराएका हुन् । सुकुम्बासी आन्दोलनकारी पुनम साहले बालबालिकाको भविष्य, शिक्षाको ग्यारेन्टी, गाँस, बास र कपाससहितको मौलिक अधिकारप्रति मधेश प्रदेश सरकार गम्भीर नभएको बताइन् । उनीहरु सिरहास्थित मारुती सिमेन्टले कब्जा गरेको वन बुटेनको जग्गा फिर्ता हुनुपर्नेलगायत […]

नागरिकता विधेयक छिटो प्रमाणीकरण गर्न राष्ट्रपति भण्डारीलाई ज्ञापन

टुडेपाटी–काठमाडौं, साउन २२ गते । नागरिकताविहीन संघर्ष समिति नेपालले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएको नागरिकता विधेयकलाई छिटो प्रमाणीकरण गर्न माग गरेको छ। आइतवार राष्ट्रपति कार्यालय शितलनिवासमा ज्ञापन पत्र बुझाउँदै उनीहरूले नागरिकता विधेयक छिटो प्रमाणीकरण गर्न माग गरेका हुन्। शितल निवास पुगेर राष्ट्रिय अध्यक्ष ईन्द्रजीत साफीसहित टोलीले राष्ट्रपतिका स्वकीय सचिव शिव भट्टराईमार्फत राष्ट्रपतिलाई ज्ञापन […]

पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन एमालेको माग

टुडेपाटी–काठमाडौँ, साउन २२ गते । पेट्रोलियम पदार्थको मूल्य घटाउन नेकपा एमालेले माग गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसद प्रदीप ज्ञवालीले दुई दुई पटक भारतीय आयल निगमले मूल्य घटाएर पठाउँदा पनि सरकारले मूल्य नघटाएको आरोप लगाए । उनले भारतबाट मूल्य बढाएर पठाउँदा मूल्य बढाउने सरकारले अहिले दुई दुई पटक मूल्य घटेर आउँदा समेत […]

मधेश प्रदेश सरकारले संघ सरकारविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्ने

टुडेपाटी–जनकपुरधाम, साउन २२ गते । संघ सरकार विरुद्ध मधेश प्रदेश सरकारले शान्तिपूर्ण आन्दोलन गर्ने भएको छ । संघ र प्रदेशको निर्वाचन आगावै प्रहरी प्रशासन प्रदेश सरकार मातहत दिनुपर्ने माग गर्दै मधेश सरकारले प्रदेश प्रमुख मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् । मधेश प्रदेशका गृह तथा संचार मन्त्री भरत प्रसाद साहको नेतृत्वमा प्रदेश सरकारको टोलीले […]