कांग्रेस उपसभापति खड्का कोरोना संक्रमित
टुडेपाटी-
जनकपुरधाम, साउन २३ गते ।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोनाभाइरस संक्रमण भएको छ । शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएका खड्का चिकित्सकको परामर्शमा आइतबार बिहानदेखि होम आइसोलेसनमा बसेका थिए ।
आइतबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको खड्काले बताएका छन् । उनी अहिले घरमै आराम गरिरहेका छन् ।
उपसभापति खड्काले साउन २१ गतेदेखि आफ्नो सम्पर्कमा रहेकालाई स्वास्थ्य मापदण्ड पालना गरेर सतर्कता अपनाउन आग्रह गरेका छन् । खड्कालाई केही महिना पहिले पनि कोरोना संक्रमण भएको थियो ।
Sponsored