TodayPati

सिट बाँडफाँट गर्न पाँचदलीय कार्यदलको पहिलो बैठक आज बस्दै

टुडेपाटी-
काठमाडौं, साउन २३ गते ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि सिट बाँडफाँट गर्न बनेको कार्यदलको पहिलो बैठक आज बस्ने भएको छ । सत्ता गठबन्धनले साउनभित्रमा सिट बाँडफाँटको खाका तयार गर्न गठन गरेको कार्यदलको पहिलो बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दिउँसो ३ बजे बैठक बस्न लागेको एकीकृत समाजवादीका महासचिव एवम् कार्यदलका सदस्य बेदुराम भुसालले बताए । कार्यदलमा कांग्रेसबाट ३ जना र अन्य दलबाट २–२ जनाको प्रतिनिधित्व रहेको छ ।

Sponsored

कांग्रेसबाट कार्कीसहित कृष्णप्रसाद सिटौला र महामन्त्री गगन थापा, माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र वर्षमान पुन, नेकपा एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र उपाध्यक्ष प्रमेश हमाल, जसपाबाट रामसहाय यादव र रकम चेम्जोङ, राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

सरकारले आगामी ४ मंसिरका लागि प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तोकेको थियो। प्रतिनिधिसभामा १ सय ६५ र प्रदेशसभामा ३ सय ३० सिट छन् । गठबन्धनभित्र अब सिट बाँडफाँटका विषयले अब स्थान पाउनेछन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *