पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन एमालेको माग
टुडेपाटी–
काठमाडौँ, साउन २२ गते ।
पेट्रोलियम पदार्थको मूल्य घटाउन नेकपा एमालेले माग गरेको छ ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसद प्रदीप ज्ञवालीले दुई दुई पटक भारतीय आयल निगमले मूल्य घटाएर पठाउँदा पनि सरकारले मूल्य नघटाएको आरोप लगाए ।
उनले भारतबाट मूल्य बढाएर पठाउँदा मूल्य बढाउने सरकारले अहिले दुई दुई पटक मूल्य घटेर आउँदा समेत मूल्य नघटाएको भन्दै उनले आपत्ति जनाए ।