TodayPati

सप्तरीमा स्वास्थ्यकर्मीसहित थप २७ जनामा कोरोना संक्रमण, स्थानीय त्रसित

शुभ नारायण यादव-
सप्तरी, साउन १८ गते ।

सप्तरीमा दुई स्वास्थ्यकर्मीसहित थप २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै सप्तरीमा संक्रमितको संख्या ५२४ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

पछिल्लोपटक सप्तरीको तिलाठि कोइलाडि गाउंँपालिकाका २५ जना र राजविराज नगरपालिकाका २ जना गरि कुल जम्मा २७ जना ब्यक्ति कोरोना संक्रमित भएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

Sponsored

पछिल्लोपटक संक्रमित हुनेहरुमा तिलाठी कोइलाडी गाउँपालिका २ लौनियाँका ५५ वर्षीया महिला, ४ वर्षीय बालक, ७१,३५ बर्षिय पुरुष, १५ वर्षीया बालिका, ४७ वर्षीय पुरुष, ३५ वर्षीय पुरुष, ४० वर्षीय पुरुष, २०,२६, २२, ४२, ४५, ३८, ३६, ३५, ३१, ३८, २६, २४, ४२, २२,६०, र उमेर नखुलेका एक जना पुरुषमा कोरोना संक्रमण भएको उनले बताए ।

त्यस्तै राजविराज नगरपालिकाको थप २ जना कोरोना संक्रमित भएको छ । पछिल्लोपटक जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि जिल्लाको सदरमुकाम राजविराजको हटियासहित विभिन्न वडाहरुमा प्रवेश निषेधित गरिएको छ भने जिल्लाको अन्य नगरपालिका तथा गाउपालिकाहरुले समेत अत्यावश्यक काम बाहेकका अन्य कामकाज समेत ठप्प पारेको जिल्ला समन्वय समिति सप्तरीमा सभापति प्रभाकर यादवले जानकारी दिए ।

राजविराज नगरपालिकामा जनस्तरबाटै कोरोना संक्रमित बिरामिहरु बढ्न थालेपछि नगरपालिकाले समेत अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *