TodayPati

जनकपुरमा कुकुरले टोक्दा एक बालिकाको मृत्यु

टुडेपाटी

जनकपुरधाम, वैशाख २६ गते ।

जनकपुरधाममा कुकुरले टोक्दा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका – १ पुलचोकस्थित डेरा गरी बस्दै दिपक साहकी ६ वर्षीया छोरी सन्ध्या साह छन् ।

Sponsored

धनुषाको शहिदनगर नगरपालिकाको यदुकूहा स्थायी घर भएका दिपक श्रीमतीसंगै पुल चोकमा कोठा भाडा लिएर बस्छन् ।

मंगलबार साँझ खेलिरहेका बालिकालाई कुकुरले टोकेर गम्भिर घाइते बनाएको थियो । उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको स्थानीयले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *