TodayPati

प्रदेश २ : एकैदिन १३८ जनामा कोरोना पुष्टि

टुडेपाटी-
जनकपुरधाम, साउन १८ गते ।

प्रदेश २ मा एकैदिन १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्सामा ७८ जना, सप्तरीमा ४८ जना, धनुषामा ८ जना, सिरहामा ३ जना र महोत्तरीमा १ जनामा कोरोना संक्रमण भएको प्रदेश २ स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत विजय झाले जानकारी दिए ।

योसंगै प्रदेश २ मा हालसम्म कोरोना संक्रमितको संख्या ४ हजार ९०६ पुगेको छ पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालबाट ९ जना उपचार गराएर कोरोना मुक्त भइ घर फर्केको उनले बताए ।
प्रदेश २ मा शनिबारसम्म ४ महिलासहित १९ जनाको मृत्यु भइसकेको छ ।

Sponsored

अधिकांश कोरोना संक्रमित उपचार पश्चात कोरोना मुक्त भएर डिस्चार्ज भइसकेका छन् । तर लकडाउन खुलेसंगै भारतबाट निर्वाद रुपमा आवतजावत भएपछि कोरोनाको जोखिम बढ्दै गएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *