TodayPati

धनुषामा बाली जोगाउन खेतमा लगाएको विद्युतीय बारमा करेन्ट लागेर युवकको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, वैशाख २७ गते ।

धनुषामा बाली संरक्षण गर्न खेतमा लगाएको विद्युतीय बारमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको बटेश्वर गाउँपालिका २ धुमासन बस्ने जोगेन्द्र महतोका २३ वर्षीय छोरा अमरेश कुमार महतो छन् ।

हिजो दिउँसो घाँस लिन निस्केका अमरेशको शव आज बिहान स्थानीय पदम लामाको खेतमा फेला परेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।
उत्तरी भेगमा निलगाइको आतंक छ ।

Sponsored

निलगाइबाट परबल बाली जोगाउन खेतमा लगाइएको बारमा जडान गरेको विद्युतीय तारमा करेन्ट लागेर अमरेशको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *